मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

त्रिवेणी कपको उपाधि पुनः एपिएफकै पोल्टामा

एपिएफका खेलाडी युवराज खड्काले म्यान अफ दि म्याच घोषित हुँदै नगद रु १० हजार प्राप्त गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लमजुङ, २२ पुसः जिल्लाकै ठूलो धनराशि पुरस्कारको ३३ औँ त्रिवेणी कपको उपाधि पुनः साविक विजेता विभागीय सशस्त्र प्रहरी फुटबल क्लब एपिएफको पोल्टामा पुगेको छ ।

त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा आज सम्पन्न फाइनल खेलमा ल्याङ्दी देवी फुटबल क्लब नाल्मा लमजुङलाई ०– २ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफले उपाधि जितेको हो । गतवर्ष पनि एपिएफले नै उपाधि जितेको थियो । उपाधिसँगै रु १२ लाख नगद पुरस्कार, मेडल, ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष टेकजङ्ग गुरुङले बताउनुभयो । उपाधिबाट चुकेको नाल्माले रु छ लाख नगद पुरस्कारमा चित्त बुझाएको छ ।

एपिएफका खेलाडी युवराज खड्काले म्यान अफ दि म्याच घोषित हुँदै नगद रु १० हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षक एपिएफकै एन्जल श्रेष्ठ तथा सर्वोत्कृष्ट खेलाडी सन्तोष खत्री घोषित हुँदै जनही रु २५/२५ हजार प्राप्त गर्न सफल भए ।

यस प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार