असार २, २०८३ मंगलबार June 16, 2026

दैनिक केरा एक फाईदा अनेक जानीराखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः एक अध्ययनका अनुसार लगातार एक महिनासम्म केरा खानाले बिभिन्न फाईदाहरु हुन्छन् । दैनिक केरा खानाले दमको खतरा कैयौँ गुणा कम हुन्छ । पाचन क्रियामा सुधार देखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिन्छ ।

विश्वभरका अनेकन अनुसन्धानरुले केरालाई सुपर हेल्दी फुड मानेका छन् । केराका फाईदा यत्तिकैमा मात्रै सिमित छैनन् । यी फाइदा हेर्नुहोस्ः

१. केरामा एन्टी एजिंग गुण हुन्छ । यसमा भिटामिन सी पाइने भएकाले केरा खानाले छालाको चमक बढ्नुका साथै वैँशमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुन्छ ।

२. केरा खानाले तत्कालै इनर्जी प्राप्त हुन्छ । दिनहुँ केरा खानाले कमजोरीको समस्या दूर गर्दछ ।

३. केरामा पर्याप्त डायटरी फाइबर पाइन्छ जसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्दछ । यसले रक्तअल्पताको समस्या कम हुन्छ ।

४. केरामा भरपूर फाइबर हुन्छ । त्यसैले केरा खानाले पाचन क्रियामा सुधार आउँछ । कब्जियत तथा एसिडीटीको समस्या कम हुन्छ ।

५. केरामा पर्याप्त पोटासियम हुने हुनाले यसले सरीरमा सोडियम सन्तुलन गर्ने तथा उच्च रक्तचापको समस्या क मगर्न सयहेाग गर्दछ ।

६.  केरामा पाइने म्याग्नेसियम तथा पोटासियमका कारण मुत्रअंग सम्बन्धी संक्रमणको खतरा क मगर्न पनि केराको सेवन लाभदायी हुन्छ।

७. केरामा भिटामिन बी सिक्स पर्याप्त मात्रामा पाइने हुनाले त्यसले मस्तिष्कलाई तिक्ष्ण बनाउन र स्मरण क्षमता बढाउन सहयोग गर्दछ ।

८ . केरामा पर्याप्त फाइबरका साथै पोटासियम, क्याल्सियम, भिटामिन सी तथा भिटामिन बी सिक्स पाइन्छ । नियमित रुपमा केरा खानाले मुटु स्वस्थ हुने तथा कोलेस्ट्रोल समेत नियन्त्रण हुन्छ ।

९. केरामा पाइने क्यारोटिनोइड्सले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्दछ । त्यसैले नियमित केरा खानाले रुघाखोकी तथा अन्यखाले सक्रमणको जोखिम कम हुन्छ ।

१०. केरामा पर्याप्त मात्रामा फस्फोरस तत्व पाइन्छ । यसले दाँतलाई स्वस्थ राख्नुका साथै मुखका विभिन्न खाले रोगको खतरा कम गर्दछ ।

११. केरामा पाइने क्याल्सियमले हड्डीलार्य स्वस्थ तथा मजबुत बनाउन सहयोग गर्दछ ।

१२.  केरामा पाइने टि्रप्टोफेन नामक तत्वले मानिसको मूड राम्रो बनाउन तथा तनाव भगाउन सहयोग गर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार