काठमाण्डाैंः एक अध्ययनका अनुसार लगातार एक महिनासम्म केरा खानाले बिभिन्न फाईदाहरु हुन्छन् । दैनिक केरा खानाले दमको खतरा कैयौँ गुणा कम हुन्छ । पाचन क्रियामा सुधार देखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिन्छ ।
विश्वभरका अनेकन अनुसन्धानरुले केरालाई सुपर हेल्दी फुड मानेका छन् । केराका फाईदा यत्तिकैमा मात्रै सिमित छैनन् । यी फाइदा हेर्नुहोस्ः
१. केरामा एन्टी एजिंग गुण हुन्छ । यसमा भिटामिन सी पाइने भएकाले केरा खानाले छालाको चमक बढ्नुका साथै वैँशमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुन्छ ।
२. केरा खानाले तत्कालै इनर्जी प्राप्त हुन्छ । दिनहुँ केरा खानाले कमजोरीको समस्या दूर गर्दछ ।
३. केरामा पर्याप्त डायटरी फाइबर पाइन्छ जसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्दछ । यसले रक्तअल्पताको समस्या कम हुन्छ ।
४. केरामा भरपूर फाइबर हुन्छ । त्यसैले केरा खानाले पाचन क्रियामा सुधार आउँछ । कब्जियत तथा एसिडीटीको समस्या कम हुन्छ ।
५. केरामा पर्याप्त पोटासियम हुने हुनाले यसले सरीरमा सोडियम सन्तुलन गर्ने तथा उच्च रक्तचापको समस्या क मगर्न सयहेाग गर्दछ ।
६. केरामा पाइने म्याग्नेसियम तथा पोटासियमका कारण मुत्रअंग सम्बन्धी संक्रमणको खतरा क मगर्न पनि केराको सेवन लाभदायी हुन्छ।
७. केरामा भिटामिन बी सिक्स पर्याप्त मात्रामा पाइने हुनाले त्यसले मस्तिष्कलाई तिक्ष्ण बनाउन र स्मरण क्षमता बढाउन सहयोग गर्दछ ।
८ . केरामा पर्याप्त फाइबरका साथै पोटासियम, क्याल्सियम, भिटामिन सी तथा भिटामिन बी सिक्स पाइन्छ । नियमित रुपमा केरा खानाले मुटु स्वस्थ हुने तथा कोलेस्ट्रोल समेत नियन्त्रण हुन्छ ।
९. केरामा पाइने क्यारोटिनोइड्सले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्दछ । त्यसैले नियमित केरा खानाले रुघाखोकी तथा अन्यखाले सक्रमणको जोखिम कम हुन्छ ।
१०. केरामा पर्याप्त मात्रामा फस्फोरस तत्व पाइन्छ । यसले दाँतलाई स्वस्थ राख्नुका साथै मुखका विभिन्न खाले रोगको खतरा कम गर्दछ ।
११. केरामा पाइने क्याल्सियमले हड्डीलार्य स्वस्थ तथा मजबुत बनाउन सहयोग गर्दछ ।
१२. केरामा पाइने टि्रप्टोफेन नामक तत्वले मानिसको मूड राम्रो बनाउन तथा तनाव भगाउन सहयोग गर्दछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया