काठमाण्डाैंः विद्यार्थी नेता टेकबहादुर थापासहित स्थानीयमाथि प्रहरबिाट भएको निर्घात कुटपीटको छानबिन गरी संलग्नलाई कार्वाही गर्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुनर्वास नगर कमिटीले माग गरेको छ ।
नेकपा नगर कमिटीले विज्ञप्ति जारी गर्दै छानिबनको माग गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छुटाउन प्रहरी कार्यालय गएका अनेरास्ववियूका जिल्ला सदस्य थापासहित केही व्यक्तिलाई प्रहरी कार्यालयभित्रै कुटपिट गरिएको थियो ।
प्रहरीको कुटपिटबाट थापाको शरीरभर नीलडाम भएका छन् । थापासहित स्थानीय प्रहरी कार्यालभित्र हुँदा बाहिरबाट एकाएक ढुङ्गामुढा प्रहार भएपछि उनीहरुलाई कुटपिट गरिएको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया