काठमाडौंः देशभरको मौसममा आज पनि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुई स्थानहरुमा भारी वर्षाको अनुमान गरिएको छ ।
आगामी २४ घण्टा प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक,दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार एक–दुई घण्टादेखि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको हो । प्रदेश १ र गण्डकीका एक, दुई स्थानमा भने भारी वर्षा भएको छ ।
अहिले काठमाडौं उपत्यकासहित देशका केही स्थानमा सिमसिम पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया