काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री *f. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहनुभएका कोइरालामा ज्वरो बढेपछि हिजो साँझ ८ बजे चावहिल स्थित ओम अस्पताल भर्ना गरिएको हो ।
अहिले ज्वरो हटेको र आइसोलेसनमा उपचार भइरहेको कोईरालाको निजी सचिवालयले जनाएको छ । उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले अस्पताल भर्नाको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको युगखबर अनलाईनलाई जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया