बैसाख ८, २०८३ मंगलबार April 21, 2026

रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

पालिकाले अदुवाखेतीमा समेत जोड दिँदै किसानलाई अदुवाको बीउ अनुदानमा उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २४ पुस । कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ ।

अघिल्लो वर्ष लसुन र प्याजखेतीको नमूना परीक्षण गरेको पालिकाले यस वर्ष किसानलाई अनुदान सहयोग गरी यसतर्फ आकर्षित गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार गाउँपालिकाका सातवटै वडाको करिब ४०० रोपनी क्षेत्रफलमा लसुन र प्याजको खेती भइरहेको छ ।

गाउँपालिकाका स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी, चिसापानी, खोलाको छेउ लगायतका स्थानमा लसुन र प्याजको व्यावसायिक खेती गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।

पालिकाले लसुनका लागि प्रतिरोपनी १० हजार र प्याजका लागि प्रतिरोपनी आठ हजार अनुदान सहयोग उपलब्ध गराएको उनले जानकारी दिए । पालिकाले अदुवाखेतीमा समेत जोड दिँदै किसानलाई अदुवाको बीउ अनुदानमा उपलब्ध गराएको छ ।

पालिकाभित्र करिब २५० रोपनीमा अदुवाखेती भइरहेको बताउँदै यस यस वर्ष ८० हजार किलो उत्पादन हुने अनुमान गरिएको अध्यक्ष ओझाले जानकारी दिए । “पालिकाका विभिन्न स्थानमा लगाइएको अदुवा राम्रो फलेको छ”, उनले भने, “एक किलो बीउ लगाइएको ठाउँमा एक डोकोसम्म फलेको किसानहरूले बताएका छन् ।”

व्यावसायिक कृषिमा युवाहरूको आकर्षण बढिरहेको बताउँदै अध्यक्ष ओझाले पालिकाले स्वरोजगार अभिवृद्धिमा जोड दिएको उल्लेख गरे । उनले यहाँका एक सयभन्दा बढी युवा व्यावसायिक कृषिमा लागेका बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
२०८३ बैसाख ८, मंगलबार
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गर्ने सरकारको निर्णय
२०८३ बैसाख ८, मंगलबार
युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी
२०८३ बैसाख ८, मंगलबार
प्रधानमन्त्री र योजना आयोगका पदाधिकारी बिच छलफल
२०८३ बैसाख ८, मंगलबार
सिरिज कब्जा गर्ने लक्ष्यमा यूएई, बराबरीको खोजीमा नेपाल
२०८३ बैसाख ८, मंगलबार
रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी
२०८३ बैसाख ८, मंगलबार
तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
२०८३ बैसाख ८, मंगलबार