मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

भिमादमा जिल्लाकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने

सर्वाेत्कृष्ट खेलाडीले रु २० हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १०–१० हजार प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तनहुँ। तनहुँको भिमादमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । भिमाद नगरपालिका–६ स्थित बेष्ट ब्वाई क्लबको आयोजनामा माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेष्ट ब्वाइज भलि फेस्ट–२०८२’ प्रतियोगिता हुनलागेको हो ।

प्रतियोगितामा विजेता समूहले रु तीन लाख एक हजार ९९, उपविजेताले नगद रु दुई लाख एक सय ९९ पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष संसार अन्जान सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सान्त्वना हुने समूहलाई जनही रु ५०–५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीले रु २० हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १०–१० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, मणिमुकुन्द भलिबल क्लब बुटवल, न्यु होराइजन स्पोट क्लब, घले हार्वेस्टिङ अष्ट्रेलिया (गोर्खा) र न्युटन कलेज काठमाडौँको सहभागिता रहने जनाइएको छ ।

स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने तथा भिमादको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

प्रतियोगितामा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहनेछ । माघ १ गते समीक्षा अधिकारी र निश्चल दवाडी, माघ २ गते प्रकाश दुतराज, माघ ३ गते आश्मा विश्वकर्मा, अर्जुन सापकोटा र सविन राईको व्याण्ड, माघ ४ गते बद्री पङ्गेनी र शान्तिरानी परियारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार