बैसाख ८, २०८३ मंगलबार April 21, 2026

पेट्रोल र डिजेलको मूल्य घट्यो

एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपियाँ ३५ पैसाले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपियाँ १९ पैसा, डिजेलमा पाँच रुपियाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपियाँ १५ पैसा घटाएको छ ।

एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपियाँ ३५ पैसाले बढेर आएको छ। सेहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपियाँ, डिजेल र मट्टितेल प्रतिलिटर पाँच रुपियाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपियाँ र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।

नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ । एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपियाँ र तेस्रो वर्गमा १५९ रुपियाँ कायम गरिएको छ । यस्तै, डिजेल, मट्टितेलको मूल्य क्रमशः १३४ रुपियाँ ५० पैसा, १३६ रुपियाँ र १३७ रुपियाँ प्रतिलिटर तोकिएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
२०८३ बैसाख ८, मंगलबार
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गर्ने सरकारको निर्णय
२०८३ बैसाख ८, मंगलबार
युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी
२०८३ बैसाख ८, मंगलबार
प्रधानमन्त्री र योजना आयोगका पदाधिकारी बिच छलफल
२०८३ बैसाख ८, मंगलबार
सिरिज कब्जा गर्ने लक्ष्यमा यूएई, बराबरीको खोजीमा नेपाल
२०८३ बैसाख ८, मंगलबार
रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी
२०८३ बैसाख ८, मंगलबार
तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
२०८३ बैसाख ८, मंगलबार