काठमाडौंः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न खाद्यवस्तु तथा पानी उद्योगको अनुगमनलाई तीव्र पारेको छ ।
अनुगमनका क्रममा देखिएका कमजोरीबारे स्पष्ट निर्देशन दिनाका साथै केहीको नमूना सङ्कलन गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार पछिल्लो पटक एवान पोलिमर्स एण्ड बेभरेज, सिद्धकाली एक्वा उद्योग, एक्वाटिक इन्डष्ट्रिजको अनुगमन गरिएको जनाइएको छ ।
विभागका अनुसार यही भदौ २८ देखि अनुगमनलाई तीव्रता दिइएको थियो । अनुगमनका लागि उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन हुने गरी तीन समिति बनाइएको छ ।
हाल प्रशोधित पिउनेपानी, दूध र दाना उद्योगको अनुगमन तथा निरीक्षण भइरहेको जनाइएको छ । पछिल्लो तीन दिनमा मात्रै २० भन्दा बढी उद्योगको अनुगमन गरी नमूना सङ्कलन गरिएको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया