मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस’ प्रतियोगिता काठमाडौँमा सुरु

प्रतियोगितामा २८ वटा शैक्षिक संस्था (स्कुल र कलेज) का ३० जना खेलाडी सहभागि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, पुस २८ गते । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबारबाट सुरु भएको छ ।

प्रतियोगितामा २८ वटा शैक्षिक संस्था (स्कुल र कलेज) का ३० जना खेलाडी सहभागि छन् । एकेडेमीको काठमाडौँ महानगर–११ स्थित थापाथालीमा रहेको चेस हलमा आयोजित प्रतियोगिताको पहिलो दिन शीर्ष वरीयताका अभिक शाहले अनरेटेड सूर्यप्रताप सिंह कार्कीलाई पराजित गर्दै १ अङ्क जोड्नुभयो ।

यस्तै सजल न्यौपाने, हार्दिक पन्त, लियोन महर्जन, अनमोल राई, निहाना श्रेष्ठ, शुभांग प्रधान, अरिज राई, आशिर्वाद थापा, अभिक रेग्मी, प्रवीर केसी, विराज सरिया, सात्विकमान तुलाधर, उजिभानी कँडेल र रोहित श्रेष्ठले पनि जित हात पार्नुभयो ।

एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देष्यले काठमाडौँ जिल्ला चेस संघसँग सहकार्य गर्दै १८ वर्षमुनिका खेलाडीका लागि क्लासिकल चेसको प्रतियोगिता आयोजना गरेको हो । स्वीस प्रणालीको आधारमा नौ चरणको प्रतियोगिता नौ दिन चल्नेछ, जसमा प्रत्येक खेलमा खेलाडीलाई ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ ।

हिमालयन च्यालेन्जर्समा २४ पुरुष र ६ महिला खेलाडी सहभागि छन् । खेलाडीको औसत उमेर १३ वर्ष रहेको छ । रेटेड खेलाडी १४ जना छन् भने अनरेटेडको संख्या १६ रहेको छ । औसत फिडे रेटिङ १४६८ रहेको छ । १९१८ रेटेड अभिक शीर्ष वरीयताका खेलाडी हुन् ।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरोन्नतिका लागि क्लासिकल चेस उपयुक्त मानिन्छ । त्यसैले दुर्लभ हुँदै गएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमी संस्थापक मोनालिशा खम्बू बताउनुहुन्छ ।

दैनिक एक राउन्डको खेल हुनेछ । पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीबाट प्रत्येक राउन्डको समाप्तिपछि खेलको विश्लेषण गर्ने व्यवस्था गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार