बैसाख ८, २०८३ मंगलबार April 21, 2026

सुनको मूल्य हालसम्मकै उच्च

तोलाको दुई लाख साढे ७६ हजार नघ्यो सून

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो।

सोमबार छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेको छ। यससँगै एक तोला चाँदीको मूल्य ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । सोमबार एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ कायम थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया