काठमाण्डौं । राफिन्हाले दुई गोल गर्दै बार्सिलोनालाई स्पेनी सुपर कपको उपाधि दिलाएका छन्। आइतबार साउदी अरेबियामा भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ ले पराजित गर्यो।
राफिन्हाले ७३औँ मिनेटमा गरेको डिफ्लेक्टेड गोल निर्णायक बन्यो। पहिलो हाफको इन्जुरी समयमा तीन गोल हुँदा खेल निकै रोमाञ्चक रह्यो।
बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल गरे भने रियलका गोल विनिसियस जुनियर र गोन्जालो गार्सियाले गरे।
यो बार्सिलोनाको १६औँ स्पेनी सुपर कप उपाधि हो, जुन प्रतियोगितामा सबैभन्दा धेरै हो। घुँडाको चोटपछि मैदान फर्किएका किलियन एमबाप्पेले बराबरी गोल गर्न सकेनन्।
खेलपछि राफिन्हाले जित टोलीका लागि निकै महत्वपूर्ण भएको प्रतिक्रिया दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया