असोज १२, २०८३ सोमबार September 28, 2026

नेइमारमाथि दुई खेलको प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ ।

गत आइतबार मार्सेलीविरुद्धको खेलमा झगडामा उत्रिएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको हो। दोस्रो हाफको इन्जुरी टाइममा दुवै टिमका खेलाडीबीच झगडा भएको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड दिइएको थियो । सुरुमा चार खेलाडीलाई रातो कार्ड दिँदा नेइमारलाई भारमार्फत रिप्ले हेरेपछि कार्ड दिइएको थियो ।

रिप्लेमा नेइमारले मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउको पछाडि हातले हानेको देखिएको थियो । नेइमारले पछि सामाजिक सञ्जालमार्फत गोन्जालेजले रंगभेद गरेको आरोप लगाएका थिए। रंगभेदको विषयमा लिग वानले छानविन गर्ने जनाएको छ ।

नेइमारले लगाएको आरोप गोन्जालेजले अस्वीकार गर्दै आएका छन्।खेलमा रातो कार्ड पाएका चार खेलाडीमाथि पनि प्रतिबन्ध लगाइएको छ। जसमा पिएसजीका डिफेन्डर लेभिन कुर्जावालाई ६ खेलको प्रतिबन्ध लगायएको छ। यस्तै लिएन्द्रो पेरेडेसलाई पनि दुई खेलको प्रतिबन्ध लगाइएको छ ।

मार्सेलीका जोर्डन अमाभीलाई तीन खेल र डरियो बेनेडेटोलाई भने एक खेल मात्र प्रतिबन्ध लगाइएको छ।यता लिगमा लगातार दुई खेलमा पराजित भएको पिएसजीले तेस्रो खेलमा भने जित हात पारेको छ। पिएसजीले बुधबार भएको तेस्रो खेलमा मेट्जलाई १-० गोलले हरायो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ असोज १२, सोमबार