काठमाण्डाैंः भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
हरेक दिन लाखौँ संक्रमितहरु भारतमा मात्र थपिएका छन् । बुधवार मात्रै पनि भारतमा ९७ हजार ८५६ जना संक्रमित थपिएका छन् ।
अहिले भारतमा ५१ लाख १८ हजार ६०५ जना भन्दा धेरै संक्रमित रहेका छन् ।यसैबीच कोरोना भाइरसको संक्रमणका कारण भारतमा अहिलेसम्म ३८२ जना डाक्टरको ज्यान गएको छ । उनीहरु २७ वर्षदेखि ८५ वर्ष उमेरका रहेको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया