काठमाण्डौंः संयुक्त राज्य अमेरिकाको दक्षिणी क्षेत्रमा मुसलधारे वर्षासँगै आएको आँधी र बाढीले जनजीवन प्रभावित बनेको छ । स्याली नामको आँधीले अमेरिकाको फ्लोरिडा, पेन्साकोलाका अधिकांश घरहरु भत्केका छन् भने सयौं घरबारविहीन बनेका छन् ।
दर्जनौ घरहरु डुबानमा पर्नुका साथै यातायात सेवासमेत अवरुद्ध भएको छ । आँधीका कारण ठाउँ ठाउँमा पोल ढलेका कारण विद्युत् आपूर्तिसमेत बन्द भएको छ । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीका कारण धेरै सवारी साधनमा क्षति पुगेको छ ।
पेन्साकोलाबाट अलाबामातर्फ अघि बढेको आँधीले पुर्याउन सक्ने क्षति न्यूनिकरणका लागि अलाबामाका सर्वसाधारणलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।
एटलान्टिक महासागरहरुको शक्तिशाली आँधीका रुपमा चिनिने यो आँधीले अझै धेरै हानी नोक्सानी पुर्याउन सक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् । यसअघि आएको लौरा नामको आँधीले अमेरिकामा ठूलो जनधनको क्षति भएको थियो । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया