मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

बागमतीबाट १७ खेलाडी काष्ठमण्डप कराँतेका लागि छनोट

राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिस्पर्धा गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन । राष्ट्रिय काष्ठमण्डप कराँते प्रतियोगिताका लागि बागमती प्रदेशबाट १७ जना खेलाडी छनोट भएका छन् । सितोरियो कराँते ट्रेनिङ हल भरतपुरमा भएको प्रतियोगिताबाट १७ खेलाडी छनोट भएका हुन् ।

छनोट प्रतियोगितामा भक्तपुरबाहेक बागमती प्रदेशका १२ जिल्लाबाट ७५ खेलाडी सहभागी थिए । उनीहरुमध्ये १७ जना छनोट हुन सफल भएका हुन् । जसअन्तर्गत एकल काता महिलामा ललितपुरकी दीपा पुन, एकल काता पुरुषमा काठमाडौँका अमृत थोकर, टिम काता पुरुषमा काठमाडौँका अमृत थोकर, राजकुमार श्रेष्ठ र प्रनिल मानन्धर छनोट भएका छन् ।

उता पुरुष ५० केजी तौल समूहमा ललितपुरका सुजन खड्की, ५५ केजीमा धादिङका निशान घले, ६० केजीमा नुवाकोटका सुबिन सुनार, ६७ केजीमा चितवनका मिलन नेपाली, ७५ केजीमा धादिङका निशान मल्ल, ८४ केजी मुनिमा रसुवाका पासाङ ग्याल्जेन र ८५ केजी तौलमाथिमा मकवानपुरका अजय ब्लोन छनोट भएका छन् ।

महिला ४५ केजीमा चितवनकी निक्षा थापामगर, ५० केजीमा सिन्धुपाल्चोककी पार्वती श्रेष्ठ, ५५ केजीमा मकवानपुरकी आशा तामाङ, ६१ केजीमा काठमाडौँकी कृतिका अधिकारी छनोट भएका छन् । यस्तै, ६८ केजी मुनिमा काठमाडौँकी आशिका राई र ६८ केजीमाथिमा काठमाडौँकी महिमा राई छनोट भएका छन् । उनीहरुले माघ ६ देखि ९ गतेसम्म नेपाल सितोरियो कराँते शाखा डोजो लैनचौरको आयोजनामा हुने राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिस्पर्धा गर्नेछन् ।

छनोट कार्यक्रमका प्रमुखअतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले खेलाडीहरुलाई प्रतियोगितामा सफलताको कामना गरे । कराँतेकी कीर्तिमानी खेलाडी एरिका गुरूङको उदाहरण दिँदै कार्कीले भविष्य देशका लागि पदक जित्ने लक्ष्य लिएर अघि बढ्न सुझाव दिए ।

नेपाल कराते महासंघ बागमती प्रदेशका अध्यक्ष गगन लामाले खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिन सुझाव दिए । खेलप्रतिको लगनशीलता र अनुशासन कायम राख्न सके जीत सम्भव हुने उनको भनाइ थियो ।

यसैबीच, सोही कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्को बोड सदस्यमा नियुक्त भएका कृष्णबहादुर नेपाल सुजनलाई सम्मान गरिएको थियो । उनलाई चितवन जिल्ला खेलकुद विकास समिति, बागमती प्रदेश कराँते महासंघ, चितवन जिल्ला सितोरियो कराँते संघले संयुक्तरूपमा सम्मान गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार