काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा युनाइटेडले शहरी प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई २–० ले हराएको हो ।
घरेलु मैदान वल्र्ड ट्राफोर्डमा खेलको ६५ औं मिनेटमा ब्रायन एम्बेउमोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ब्रुनो फर्नान्डेजको पासमा उनले उत्कृष्ट गोल गरे ।
७६ औं मिनेटमा युनाइटेडले अग्रता दोब्बर पार्यो । प्याट्रिक डोर्गुले गोल गर्दै टोलिलाई २–० ले अघि बढाए । ब्रुनोको स्थानमा वैकल्पिक खेलाडीमा आएका मासन माउन्टले इन्जुरी समयमा गोल गरेपनि भिएआरले उक्त गोललाई रद्ध गरिदियो । उनी अफसाइड रहन पुगे ।
यो नतिजाले शीर्षस्थानको आर्सनललाई फाइदा पुग्यो । आर्सनलको २१ खेलबाट ४९ अंक छ । दोस्रो स्थानको सिटीको २२ खेलबाट ४३ अंक छ । युनाइटेड ३५ अंकसहित चौंथो स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया