काठमाण्डौंः लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गरेको पहिलो दिन बिहीबार काठमाडौं उपत्यका भित्रिनेको भन्दा बाहिरिनेको संख्या बढि भएको पाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार काठमाडौं उपत्यकामा भित्रने संख्या ४ हजार ७५ जना छ भने ५ हजार ३ सय ३३ जना बाहिरिएका छन् ।
यात्रुबाहक सार्वजनिक सवारी साधनबाट भित्रने र बाहिरिनेको संख्या भने न्यून छ । बिहीबार यात्रुबाहक सार्वजनिक सवारी साधनबाट ९ सय ४९ जना उपत्यका भित्रिएका छन् भने एक हजार ४ जना बाहिरिएका छन् ।
करिब ६ महिनापछि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनहरु आज बिहानबाट सञ्चालनमा आएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया