असार २२, २०८२ आइतबार July 6, 2025

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन चाहन्छौं: मोदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन चाहेको बताएका छन् । बिहीबार आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना सन्देशको जवाफ दिँदै उनले नेपाल–भारत सम्बन्ध साझा संस्कृति र इतिहासका आधारमा अझ सुदृढ बनाउन चाहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई जन्मदिनको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध सुदृढ गर्न आगामी दिनमा दुई देशले मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । दुई देशबीच सीमा विवादका कारण लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध र संवादहीनताको अवस्था भइरहेका बेला भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा गत साउन ३१ गते दुई देशका प्रधानमन्त्रीबीच करिब १० मिनेट टेलिफोन संवाद भएको थियो । उक्त संवादपछि दुई देशबीचको संवादहीनताको अवस्था अन्त्य हुने अपेक्षा गरिएको थियो । तथापि स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामनाको धन्यवाद जवाफ र अन्य देशका सरकारप्रमुख तथा राष्ट्रप्रमुखलाई मोदीले दिएको धन्यवाद जवाफमा केही भिन्नता देखिएको थियो । अरूलाई मोदीले दिएको जवाफमा हार्दिकता देखिए पनि प्रधानमन्त्री ओलीलाई दिएको जवाफ औपचारिक मात्र देखिएको थियो । कतिपयले मोदीको उक्त जवाफलाई नेपाल–भारत सम्बन्धको पछिल्लो अवस्थासँग जोडेर पनि हेरेका थिए । तर बिहीबारको मोदीको जवाफमा भने उनले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन खोजेको बताएका छन् ।

यसले लामो समयदेखिको तिक्ततापूर्ण सम्बन्धमा विस्तारै सुधारको संकेत देखिन थालेको बताइन्छ । त्यसो त नेपाल–भारतबीच पछिल्लो समय सीमा विवादका विषयमा छलफलका लागि गठन गरिएको विदेश सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको बैठकको तयारी पनि भइरहेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ । त्यस्तै, नेपाल र भारत सीमा समस्या समाधानका लागि बनेको सीमा कार्यदलको बैठकको पनि तयारी भइरहेको जनाइएको छ । केही समयअघि मात्र नेपाल–भारत संयुक्त निगरानी संयन्त्रको बैठक सम्पन्न भइसकेको छ । यसले दुई देशबीच लामो समयदेखिको तिक्ततापूर्ण सम्बन्ध सामान्य अवस्थामा ल्याउने संकेत देखिएको छ ।

भारतले गत कात्तिकमा नेपाली भूभाग समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि दुई मुलुकबीच विवाद सुरु भएको थियो । भारतीय निर्णयप्रति नेपालले विरोध जनाउँदा जनाउँदै पनि भारतले गत वैशाख २६ मा एकपक्षीय रूपमा नेपाली भूभाग लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि त्यसले विवादलाई थप बढाउने काम गरेको थियो । त्यसको कूटनीतिक रूपमा विरोध जनाउँदै नेपालले पनि अतिक्रमण भूभाग समेटेर गत जेठ ७ मा नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसयता दुई देशबीच संवादहीनताको अवस्था देखापरेको थियो । नेपालले सीमा विवादलगायत विषयमा छलफलका लागि भारतसँग प्रस्ताव गरे पनि भारतले त्यसको बेवास्ता गर्दै आइरहेको थियो । नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार