भाद्र ९, २०८३ मंगलबार August 25, 2026

च्याम्पियन्स लिग : बायर्न म्युनिक र लिभरपुल विजयी

जितसँगै १५ अङ्क बनाएको लिभरपुल चौथो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ ८ गते । बायर्न म्युनिक र लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा जित निकालेका छन् ।

बुधबार राति भएको खेलमा बायर्नले युनियन सेन्ट गिलोसमाथि २–० गोलको जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । बायर्न म्युनिकको जितमा दुवै गोल ह्यारी केनले गर्नुभयो ।

जितसँगै १८ अङ्क बनाएको बायर्न म्युनिक दोस्रो स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा लिभरपुलले मार्सेलीलाई ३–० गोलले हरायो । लिभरपुलको जितमा डोमिनिक सबोसलाई र कोडी गाक्पोले गोल गर्नुभयो ।

लिभरपुलले अर्को गोल विपक्षीबाट आत्मघाती उपहार पायो । यस जितसँगै १५ अङ्क बनाएको लिभरपुल चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनललको २१ अङ्क छ ।

बुधबार राति नै भएको अन्य खेलमा चेल्सीले पाफोसलाई १–०, न्युकासल युनाइटेडले पिएसभी आयनहोभनलाई ३–०, बार्सिलोनाले स्लाभिया प्रागलाई ४–२, युभेन्ट्सले बेनफिकालाई २–०, एथलेटिको बिलबाओले एटलान्टालाई ३–२ र कोराबागले फ्र्यान्कफर्टलाई ३–२ गोलले पराजित गरेको छ । गालाटासारे र एट्लेटिको म्याड्रिडले १–१ गोलको बराबरी खेले । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार