मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै

प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लब आमनेसामने हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की । पोखरामा आज माघ ९ गतेदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ। आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

प्रतियोगितामा पुरुषतर्फ ६ टोली र महिलातर्फ ५ टोलीको सहभागिता रहनेछ। महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र थाइल्याण्ड क्विन्स (थाइल्याण्ड) ले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भलिबल एसोसिएसन सहभागी छन्।

आजको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले माल्दिभ्स भलिबल एसोसिएसनको सामना गर्नेछ।

माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले नगद रु ६ लाख ६६ हजार ६६६, उपविजेताले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु १ लाख ६६ हजार ६६६ पुरस्कार प्राप्त गर्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार