मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

बङ्गलादेशसँगको कूटनीतिक विवाद, सुरक्षा बहस र राजनीतिक हस्तक्षेपका आरोपले प्रतियोगिताको तयारीलाई प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँदिल्ली, माघ ९ गते । आगामी महिनामा आयोजना हुने टी-२० क्रिकेट विश्वकपले विश्वव्यापी खेल आयोजकका रूपमा भारतको साख बलियो बनाउने र दीर्घकालीन ओलम्पिक महत्वाकांक्षालाई सहयोग गर्ने अपेक्षा गरिएको थियो ।

तर बङ्गलादेशसँगको कूटनीतिक विवाद, सुरक्षा बहस र राजनीतिक हस्तक्षेपका आरोपले प्रतियोगिताको तयारीलाई गम्भीर रूपमा प्रभावित बनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सुरक्षा चिन्ताका आधारमा आफ्ना खेल भारतबाट सह-आयोजक श्रीलङ्कामा सार्ने बङ्गलादेशको अनुरोध अस्वीकार गरेपछि प्रतियोगिता सुरु हुन दुई हप्ता मात्र बाँकी रहँदा बङ्गलादेश प्रभावकारी रूपमा बाहिरिन बाध्य भएको छ ।

बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले ‘हाम्रो माग विश्वकप खेल्नु हो, तर भारतमा होइन’ भन्दै स्थल परिवर्तन नभए टोली सहभागी नहुने स्पष्ट पार्नु भएको छ । भारत सन् २०३० को राष्ट्रमण्डल खेल अहमदाबादमा आयोजना गर्ने तयारीमा छ, जसलाई सन् २०३६ को ओलम्पिक आयोजना गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

तर विशेष गरी क्रिकेट लस एन्जलस २०२८ ओलम्पिकमा पुनः समावेश भएपछि टी-२० विश्वकपको अव्यवस्थित तयारी, तालिका ढिलाइ र बङ्गलादेशको बहिष्कारले ती महत्त्वाकांक्षामाथि प्रश्न उठाएको छ । विश्वकपको तालिका डिसेम्बरसम्म सार्वजनिक हुन सकेको थिएन । अब फेब्रुअरी ७ मा हुने उद्घाटन खेलअघि बङ्गलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराउने सम्भावना देखिएको छ ।

बुलबुलका अनुसार करिब २० करोड जनसङ्ख्या भएको क्रिकेट-प्रेमी राष्ट्र बङ्गलादेश बाहिरिएमा आइसिसीले ठूलो दर्शकवर्ग गुमाउने छ । आइसिसीले भने बङ्गलादेशका खेल सार्न कुनै ‘विश्वसनीय वा प्रमाणित खतरा’ नदेखिएको र विश्व क्रिकेटको सामूहिक हितको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ । तर विश्व क्रिकेटमा भारतको प्रभाव अत्यन्त बलियो छ ।

दक्षिण एसियामा विश्वका करिब ९० प्रतिशत क्रिकेट समर्थक रहेका छन् र भारतले विश्व क्रिकेट आम्दानीको करिब तीन चौथाइ हिस्सा उत्पादन गर्छ । खेल पत्रकारले बिसिसिआईको विशाल राजस्व र प्रभावका कारण विश्व क्रिकेटमा भारतको प्रभुत्वलाई ‘चुनौती दिने कोही छैन’ भन्ने टिप्पणी गरेका छन् । आइसिसीका अध्यक्ष जय शाह भारतीय गृहमन्त्री अमित शाहका पुत्र हुनु पनि आलोचनाको विषय बनेको छ ।

यस विवादलाई धेरैले राजनीतिक मुद्दाका रूपमा हेरेका छन् । सन् २०२४ मा ढाकामा भएको जनआन्दोलनपछि भारत-बङ्गलादेश सम्बन्ध चिसिएको छ । यही पृष्ठभूमिमा आइपिएल टोली कोलकाता नाइट राइडर्सबाट बङ्गलादेशी बलर मुस्ताफिजुर रहमानलाई हटाइएको घटनाले ढाकामा थप आक्रोश पैदा गरेको थियो ।

बङ्गलादेशका अन्तरिम खेल सल्लाहकार आसिफ नजरुलले क्रिकेटमा ‘कसैको एकाधिकार हुनु नहुने’ बताउँदै, आइसिसी साँच्चिकै विश्वव्यापी संस्था बन्न चाहन्छ भने बङ्गलादेशलाई श्रीलङ्कामा हुने टी-२० विश्वकपमा खेल्न दिनुपर्ने माग गर्नु भएको छ । यसरी क्रिकेटमा बढ्दो राजनीतिक हस्तक्षेप र कूटनीतिक तनावले टी-२० विश्वकप मात्र नभई, भारतको दीर्घकालीन ओलम्पिक सपनामा समेत छायाँ पारेको विश्लेषकको निष्कर्ष छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार