कार्तिक ८, २०८३ आइतबार October 25, 2026

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

चालू आर्थिक वर्षको छ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
नेपालगन्ज, १० माघः बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ ।  चालू आर्थिक वर्षको छ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । साउनदेखि पुस महिनासम्म ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जना कुष्ठरोगी पहिचान भएको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पताल आइएनएफ बाँकेले जनाएको छ ।
साइनिङ अस्पताल आइएनएफ बाँकेले विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा आज यहाँ पत्रकारसँगको अन्तरक्रियामा अस्पताल प्रमुख मङ्गलबहादुर थारुले बाँकेका नरैनापुरलगायतका दुर्गम स्थानमा कुष्ठ रोगका नयाँ बिरामी फेला परेको उल्लेख गर्दै सबैभन्दा बढी मधेसी समुदायमा सो रोग देखिएको जानकारी दिनुभयो । त्यस बाहेकह थारु समुदायमा पनि कुष्ठ रोगका विरामी देखिएका छन् ।
“बाँकेमा कुष्ठरोगको प्रभाव दर उच्च रहेकाले यसको न्यूनीकरण सबैको साझा प्रयासमा मात्र सम्भव रहेको छ,” प्रमुख थारुले भन्नुभयो ।
बाँकेमा ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच पाँच, अछामका तीन, दैलेखका दुई, दाङ, प्युठान, रोल्पा र सल्यानका एकएक जना र भारतीय १४ जना कुष्ठरोगी फेला परेको अस्पतालले जनाएको छ । गत बर्ष १७४ जना नयाँ कुष्ठरोगी भेटिएकोमा बाँकेका मात्र ९३ जना थिए ।
२४ शय्याको सो अस्पतालले त्यस अवधिमा नौ हजार ८३१ जनालाई वहिरङ्ग सेवासमेत प्रदान गरेको जनाएको छ । त्यसैगरी स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि अन्य प्रयोगशालाबाट १० हजार ७९५ जनाको परीक्षण गरिएको छ भने ७०४ जनाको स्नायुको कार्यक्षमता जाँच गरिएको छ । यो जाँच अपाङता शीघ्र पहिचान तथा रोकथामका लागि गर्ने गरिन्छ । त्यसैगरी अपाङगताबाट नै जोगाउन ६९ जनालाई फिजियोथेरापी अभ्यास गराइएको छ ।
नेपालमा सन् २०१० मा नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भइसकेको छ । तर, बाँकेमा भने कुष्ठरोगको प्रभाव दर उच्च देखिएको छ । आइतवार कुष्ठरोग दिवस मनाइँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अस्पतालमा बढ्दो बिरामीको चापअनुसार जनशक्ति थप्ने र भौतिक संरचना विस्तार गर्ने : स्वास्थ्यमन्त्री मेहता
२०८३ कार्तिक ८, आइतबार
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
२०८३ कार्तिक ८, आइतबार
म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
२०८३ कार्तिक ८, आइतबार
Police take action against 470 vehicles operators on Saturday alone
२०८३ कार्तिक ८, आइतबार
असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात
२०८३ कार्तिक ८, आइतबार
मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि नयाँ राडार जडानसम्म, सरकारका दुई श्वेतपत्र सार्वजनिक
२०८३ कार्तिक ८, आइतबार
युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप
२०८३ कार्तिक ८, आइतबार