फागुण ३०, २०८२ शनिबार March 14, 2026

जुम्लामा चालु आवको पाँच महिनामा पुँजीगत खर्च न्यून

समीक्षा अवधिमा चालुतर्फ कुल बजेटको पाँच महिना अवधिमा १५ दशमलव १९ प्रतिशत खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, १० माघः जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिना साउनदेखि मङ्सिरसम्म ९ दशमलव ४ प्रतिशतमात्र पुँजीगत बजेटको खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रण इकाइ कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलका अनुसार समीक्षा अवधिमा चालुतर्फ कुल बजेटको पाँच महिना अवधिमा १५ दशमलव १९ प्रतिशत खर्च भएको छ । कुल बजेटको पुँजीगततर्फ ९ दशमलव ४ प्रतिशत मात्र बजेटको खर्च भएको बताउनुभयो ।

चालु आव २०८२–८३ का लागि पुँजीततर्फ एक अर्ब ११ करोड ८७ लाख १३ हजारको बजेट विनियोजन भएको छ । चालु आवको पाँच महिनासम्म पुँजीततर्फ १० करोड ११ लाख १५ अर्थात् ९ दशमलव ४ प्रतिशतमात्र विकासे बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण इकाइ कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलले जानकारी दिनुभयो ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकास कार्यालय जुम्लाको कुल बजेटको पुँजीततर्फ ९ करोड ११ लाख ९४३ रुपैयाँ खर्च भएको छ । उक्त कार्यालयको समग्र वित्तिय प्रगति १९ दशमलव ३३ प्रतिशत भएको प्रदेश लेखा नियन्त्रण इकाइ कार्यालय जुम्लाले जनाएको छ । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वयन हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको कर्णाली प्रदेश सरकारको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकारको मातहतभित्र १२ वटा कार्यालय रहेकाछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइबार बस्ने
२०८२ फागुण ३०, शनिबार
धादिङ बस दुर्घटना बारे छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री अर्याललाई बुझायो प्रतिवेदन
२०८२ फागुण ३०, शनिबार
मिसाइल आक्रमणको भिडियो फैलाउने नेपाली युएइ प्रहरीको फन्दामा
२०८२ फागुण ३०, शनिबार
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक स्थगित, भोलि बिहान बस्ने
२०८२ फागुण ३०, शनिबार
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
२०८२ फागुण ३०, शनिबार
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
२०८२ फागुण ३०, शनिबार
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
२०८२ फागुण ३०, शनिबार