असार २२, २०८२ आइतबार July 6, 2025

यो वर्ष ए डिभिजन लिग फुटबल नहुने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः यस वर्षको ए डिभिजन लिग फुटबल नहुने भएको छ । कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि ठप्प बन्दा यस वर्षको शीर्ष डिभिजनको लिग फुटबल नहुने देखिएको हो ।

कोरोना महामारीका कारण गत वर्षको लिग सिजन समेत पुरा हुन पाएको छैन । अघिल्लो वर्षकै सिजन पुरा नभएको अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको शीर्ष डिभिजनको लिग नगर्ने निष्कर्श निकालेको हो ।

सरकारले प्रशिक्षणकै अनुमती नदिएको अवस्था छ । गत वर्षकै सिजन पुरा भएको छैन । आवश्यक तयारीको समय समेत नपुग्ने भएकाले यस बर्षको लिग सम्भव देखिदैन ।’ एन्फाका एक अधिकारीले खेलपाटीसंग भने ।

एन्फाले गत वर्षदेखि नयाँ सिजनका लागि भदौभित्र खेलाडी दर्ताका लागि क्लबहरुलाई समय उपलब्ध गराउन सुरु गरेको थियो ।

असोज महिना सुरु भैसक्दा समेत गत वर्षको बाँकी सिजन र नयाँ सिजन सुरु गर्ने विषयमा अन्यौलता कायमै छ । सोही कारण एन्फाले यस वर्षको शीर्ष डिभिजनको लिग फुटबल गर्न नसकिने निष्कर्श निकालेको छ ।

कोरोनाको संक्रमण फैलिएको कारण देखाउँदै सरकारले भदौ अन्तिम सातासम्म उपत्यका सहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरेको थियो । सरकारले साउन १ गतेबाट लामो दुरीका सार्वजनीक यातायात तथा हवाइ उडान सुरु गरेपनि खेलकुद गतिविधि माथिको बन्देज यथावत राखेको छ । खेलकुद प्रशिक्षण सुरु गर्ने र प्रतियोगिता सञ्चालनका लागि अनुमती दिने बिषयमा सरकार सकारात्मक देखिदैन ।

एन्फाका पदाधिकारीले बिहिबार राष्ट्रिय खेलकुद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालसंग भेट गरि तत्काल प्रशिक्षण सुरु गर्ने ब्यवस्था मिलाउन अनुरोध गरेका थिए । प्रतियोगिता सञ्चालन गर्न अनुमती दिन नसकेपनि तत्काल प्रशिक्षण गर्ने वातावरण बनाउनुपर्ने एन्फा पदाधिकारीको सुझाव थियो । तर आम सर्वसाधारणलाई दैनिक जनजिवन सञ्चालन गर्न अनुमती खुल्ला गरेको सरकारले खेलकुद माथिको रोकावट जारी राखेको छ । घरेलु खेलकुदका सर्वोच्च र कार्यकारी निकायले आवश्यक जोड गर्न नसक्दा सरकारले खेलकुदमाथिको बन्देज तत्काल खुलाउने संकेत गरेको छैन ।

‘नयाँ सिजनका लागि खेलाडी दर्ताको समय घर्किसकेको छ । लिगको मिति तय गरेपछि विदेशी खेलाडीका लागि ट्रान्सफर विन्डो खोल्नुपर्ने हुन्छ । नयाँ तरिकाले प्रक्रिया अघि बढाउदाँ समेत लिग गर्न सक्ने अवस्था देखिदैन ।’ एन्फा स्रोतले भन्यो ।

गत चैतबाट सुरु भएको लकडाउन र निषेधाज्ञाका कारण घरेलु फुटबलको गत वर्षको सिजननै पुरा हुन पाएको छैन । बी डिभिजन लिग चलिरहेको समय सरकारले फुटबल सहित सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।

कोरोना महामारीकै कारण बी डिभिजन सहित चैतको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग, महिला लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिगका कार्यक्रम प्रभावित बनेका थिए ।

एन्फाले प्रदेश नम्बर १, ४ र ५ को लिग सम्पन्न गरेपनि प्रदेश नम्बर २, ३, ६ र ७ को लिग सञ्चालन गर्न बाँकी छ । प्रदेश लिगका च्याम्पियन टिमलाई समावेश गर्दै एन्फाले एन्फा प्रेसिडेन्ट लिग खेलाउने र शीर्ष ४ टिमलाई राष्ट्रिय टिममा लैजाने योजना बनाएको थियो । तर कोरोनाका कारण एन्फाले सुरु गर्न खोजेको प्रदेश लिग सहित, एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिगनै प्रभावित बन्यो ।

एन्फाले यस वर्षको लिग सञ्चालन गर्न नसकेपनि गत बर्षको सिजन पुरा गर्ने लक्ष्य लिएको छ । सरकारले अनुमती दिएको खण्डमा एन्फाले गत बर्ष पुरा गर्न बाँकी रहेको बी र सी डिभिजन लिग, महिला लिग, प्रदेश लिग र एन्फा प्रेसिडेन्ट लिग सम्पन्न गर्ने गरि गृहकार्य अघि बढाएको छ ।

‘गत बर्षको बाँकी सिजन पुरा गर्ने योजना छ । तर सबै कुरा कोरोनाले पार्ने प्रभाव र सरकारको सहयोगमा निर्भर रहने छ ।’ एन्फा स्रोतले भन्यो । खेलपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार