कार्तिक २२, २०८३ आइतबार November 8, 2026

नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित

प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ माघः नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित समारोहमा विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन् । तीमध्ये समारोहमा एक सय ९१ जनाको उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गर्नुभयो । समारोहमा शिक्षाविद एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहनुभएको छ । विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया