भाद्र २५, २०८३ बिहिबार September 10, 2026

नेपाली चलचित्र ‘परिवर्तन’ लाई दर्शकको सकारात्मक प्रतिक्रिया, कलाकार भन्छन्- देशको यथार्थ चित्रण

‘परिवर्तन’ ले मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको कलाकारहरूको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ माघः यही माघ ९ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘परिवर्तन’ ले मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको कलाकारहरूले बताएका छन् । काठमाडौँ उपत्यकाका चलचित्र भवनमा दर्शक प्रतिक्रिया लिन पुग्नुभएका अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले चलचित्र हेर्नुभएका दर्शकबाट सकारात्मक प्रतिक्रिया आएको बताउनुभयो ।

अभिनेता श्रेष्ठले द्वन्द्वका दृश्यमा गरिएको मेहनतको प्रशंसा हुँदा छायाङ्कनको दुःखलाई बिर्साएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले चलचित्रको कथासँगै द्वन्द्वमा निकै मेहनत गरेका थियौँ । हाम्रो सीमित स्रोत र साधनले गरिएको कामले कस्तो प्रतिक्रिया पाउने हो भन्ने लागेको थियो, दर्शकको प्रतिक्रियाले मेहनतको फल पाएँ झैँ लागेको छ । यसले देशको अहिलेको परिस्थितिलाई पनि चित्रण गरेको छ ।”

उहाँले समसामयिक विषयलाई चलचित्रको कथा बनाइएको जानकारी दिनुभयो । चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारले अभिनय गर्नुभएको छ । दीपक सिवाकोटीले निर्माण गर्नुभएको उक्त चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया