काठमाडौँ । निर्देशक कृषा चौलागाईंको नयाँ फिल्म पारसमा अभिनेत्री जसिता गुरुङ अनुबन्ध भएकी छन् ।
निर्देशक चौलागाईंले जसितासँगको तस्बीर सार्बजनिक गर्दै उनी फिल्म पारसमा अनुबन्ध भएको जानकारी दिएकी हुन् ।
पारसमा यसअघि अभिनेता निखिल उप्रेती अनुबन्ध भइसकेका छन् । तर, फिल्ममा जसिताको जोडी भने अर्को अभिनेता हुने बताइएको छ, जसको अनुबन्ध हुन बाँकी रहेको छ ।
केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मको पटकथा र संवाद बलिउडको चर्चित फिल्म ‘ग्याङ्ग्स अफ वासेपुर’का दुवै श्रृंखलाका लेखक सचिन लादियाले लेखेका छन् । यस फिल्मको छायांकन आगामी फागुनबाटसुरु हुने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया