मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

टाइगर कप भलिबलमा गण्डकीको रोमाञ्चक जित

महिलातर्फ आर्मीलाई २५–११, २५–१८ र २५–१९ को सोझो सेटमै हराउँदो दोस्रो जित दर्ता गरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले छैटौं टाइगर कप भलिबल प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा रोमाञ्चक नतिजा हात पारेको छ ।

सोमबार पोखरा रंगशालामा विभागीय त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धामा उत्रिएको गण्डकीले ३–१ को नतिजा हात पारेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा गण्डकीले ३३–३१, १५–२५, ३३–३१ र २५–१९ सेटमा पराजित गरेको हो ।

दोस्रो सेट गुमाएको गण्डकीले पहिलो र तेस्रो सेट समान ३३–३१ सेट निकालेको हो । चौथो तथा अन्तिम सेटमा गण्डकीले अन्ततः २५–१९ सेटमा पराजित गर्दा प्यारापिटमा भरिएका घरेलु दर्शकलाई उत्साहित बनाएको थियो ।

पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसिएसनलाई हराएको थियो ।

यसैबीच, सोमबार नै महिला र पुरुष दुवैतर्फ एपीएफले जित निकालेको छ । पुरुषतर्फ पाहुना टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जसमा एपीएफले २५–२०, २५–१८ र २५–२० सेटमा नतिजा आफ्नो पक्षमा पारेको हो ।

यसैगरी, महिलातर्फ आर्मीलाई २५–११, २५–१८ र २५–१९ को सोझो सेटमै हराउँदो दोस्रो जित दर्ता गरेको छ । पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले भाग लिएको प्रतियोगिताको फाइनल १७ माघमा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार