बैसाख ८, २०८३ मंगलबार April 21, 2026

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड

८ लाख २० हजार लगानीकर्ताले १०-१० कित्ताका दरले शेयर प्राप्त गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सोलु हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ ।  सोमबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका थिए । आईपीओ ८ लाख २० हजार लगानीकर्ताले १०-१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको थियो ।

कम्पनीले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री गरेको थियो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेर बाँकी रहेको ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।

आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङको वेबसाइट र मेरो सेयरको वेभसाइटबाट हेर्न सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया