काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा चलचित्र विधेयक २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ ।
सभामा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुभयो ।
यसैगरी सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आर्थिक वर्ष २०८१÷८२ को समितिको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भोली दिउसो १ बजेर १५ मिनेटमा बस्ने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया