मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चौथो टी-२० क्रिकेट : न्यूजील्यान्डसँग भारत ५० रनले पराजित

अब अन्तिम टी२० खेल तिरुबन्थपुरममा शनिबार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । भारत भ्रमणमा रहेको न्यूजील्यान्डले विशाखापटनममा खेलिएको चौथो टी२० क्रिकेटमा भारतलाई ५० रनले पराजित गरेको छ । यद्यपी यो हारपछि पनि पाँच खेलको शृंखलामा भारतले ३-१ को अग्रताका साथ शृंखला जितिसकेको छ ।

अब अन्तिम टी२० खेल तिरुबन्थपुरममा शनिबार हुनेछ । भारतको विशाखापटनममा सम्पन्न आजको खेलमा भारतले टस जितेर न्यूजील्यान्डलाई ब्याटिङका लागि निम्तो दिएको थियो ।

न्यूजील्यान्डले टिम साइफर्टको ६२, डेभोन कोन्वेको ४४, ड्यारिल मिचेलको ३९ तथा ग्लेन फिलिप्सको २४ रन मद्दतले सात विकेट गुमाएर २१५ रनको विशाल स्कोर खडा गरेको थियो ।

२१६ रनको चुनौती पछ्याएको भारतले सुदृढ खेल प्रदर्शन गर्नुको साटो एकपछि अर्को विकेट गुमाएको थियो । पहिलो ओभरमै ओपनिङ ब्याटर अभिषेक शर्मालाई शून्य रनमै गुमाएको भारतको स्कोरबोर्डमा ९ रन हुँदा कप्तान सूर्यकुमार यादव आउट भएका थिए । उनले ८ रन बनाए ।

त्यसपछि सन्जु सामसनले २४, रिन्कु सिंहले ३९, शिभम दुबेले रनआउट हुनुअघि ६५ रन बनाएका थिए ।

भारतले १६५ रन बनाउँदा सबै विकेट १८.४ ओभरमा गुमाएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार