मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

च्याम्पियन्स लिगमा बेन्फिकासँग ४-२ ले पराजित हुँदै रियल म्याड्रिड स्तब्ध

एम्बापेको दुई गोल व्यर्थ, रियललाई बेन्फिकाले धकेल्यो प्लेअफमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको गएराति भएको खेलमा स्पेनी महारथी रियल म्याड्रिड पोर्चुगाली टिम बेन्फिाकासँग स्तब्ध भएको छ ।

बेन्फिकाको पोर्चुगलस्थित गृह मैदान स्टेडियम अफ लाइटमा भएको यस खेलमा बेन्फिकाले रियलको पोष्टमा चार गोल प्रहार गर्दा रियलले दुई गोल मात्र फर्काउन सकेको थियो । रियलका लागि किलिएन एम्बापेले २ गोल गरेका थिए भने बेन्फिकाका लागि आन्द्रीआसले २ गोल, भान्जेलिस पाभ्लीडिस र गोलकिपर अनातोली ट्रबिनले एक एक गोल गरेका थिए ।

आठौं चरणको यस खेलमा पराजित भएसँगै रियल उत्कृष्ट आठमा पर्न असफल भयो । बराबरी मात्र गर्न सकेको भएपनि रियल उत्कृष्ट आठमा छनौट हुन सक्थ्यो तर यस हारका कारण रियलले अब प्लेअफ खेल्नु पर्ने भएको छ । उता, जोजे मौरिन्होको बेन्फिका भने गोल अन्तरका आधारमा २४औं स्थानमा रहँदै प्लेअफ खेल्न पाउने भाग्यमानी टिम बनेको छ ।

यस खेलमा रियलका दुई खेलाडीले दोहोरो पहेंलो कार्ड पाएर खेलको अन्त्यतिर मैदान छाड्नु परेको थियो । राउल एसेन्सियो र रोड्गिोले खेलको दोस्रो हाफको इन्जुरी समयमा रातोकार्ड पाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार