मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

१५औं खुम्बु ल्होसार कप फुटबल माघ २४ गतेदेखि

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकको १ सहित ८ टिमको सहभागिता रहने आयोजक मञ्चका महासचिव पेम्बा छिरी शेर्पाले मंगलबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । सहभागी टिमहरुमा आयोजक महेन्द्र ज्योति, नाम्चे युथ ग्रुप, खुम्जुङ युथ ग्रुप, खुन्दे कम्युनिटी क्लब, ठमिछेवा फुटबल क्लब, थामे, अमादब्लाम युथ ग्रुप, पाङ्बोचे, खुम्बु याङबु शेर्पा समाज र खुम्बु युनाइटेड रहेका छन् ।

सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा हुन लागेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक मञ्चका उपाध्यक्ष फुरी शेर्पाले जानकारी दिए ।

विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ । पत्रकार सम्मेलनमा आयोजक मञ्चका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिताले खुम्बु पासाङ ल्हामु गाउँपालिका भित्रका समुदायलाई फुटबल मार्फत एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेलेको बताउदै ल्होसार पर्व र फुटबल प्रतियोगिता युवा र समुदायलाई जोड्ने साझा उत्सवका रुपमा स्थापित भइसकेको बताए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा १४ पिक्स एक्सपेडिसन प्रा.लि., सह–प्रायोजकमा होली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङ गाउँपालिका रहेका छन् भने विभिन्न संस्थाले पनि सहयोग गर्ने महासचिव शेर्पाले बताए । खेलहरु सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा खेलाइने छ ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोवास गरिरहेका शेर्पा युवाहरुले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटबल प्रतियोगिताको सुरुआत गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार