काठमाण्डौंः काठमाण्डौं उपत्यकामा थप ७११ जना कोरोना संक्रमित भेटिएका छन्।
उपत्यकासहित आज देशभर १२०४ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकाका तीन जिल्लाहरू काठमाडौंमा ५७० जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ८३ जनामा कोरोना संक्रमण देखिएको हो।
साथै पछिल्लो २४ घण्टायता नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६२ हजार ७९७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टायता कोरोना संक्रमित १ हजार ४४७ जना निको भएका छन्। यससँगै मुलुकमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४५ हजार २६७ पुगेको छ।
हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ छ। त्यसमध्ये ९१५३ जना संस्थागत आइसोलेसनमा र ७ हजार ९७६ होम आइसोलेसनमा रहेका छन्। क्वारेन्टिनमा हाल ७ हजार ७३५ जना रहेका छन्। १७९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टायता मुलुकमा १० हजार ३३३ वटा नमूना पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। साथै कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टायता थप ११ जनाको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया