मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इङलिस प्रिमियर लिग : आर्सनल र लिभरपुल विजयी

यो जितसँगै लिभरपुल २४ खेलबाट ३९ अंक सहित लिगको पाँचौं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौै । इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएका खेलमा शीर्ष स्थानको आर्सनल र उत्कृष्ट ४ का लागि संघर्षरत लिभरपुल विजयी भएका छन् ।

आर्सनलले लिड्स युनाइटेडलाई ४–० गोल अन्तरले हराएको थियो । लिड्सको गृहमैदान इलान रोड्समा भएको खेलमा लिड्सले निकै राम्रो खेल प्रस्तुत गरेपनि गोल गर्न सकेन ।

आर्सनलका लागि मार्टिन जुबेमेन्डी, कार्ल डार्लो (आत्मघाती गोल), भिक्टर ग्योकेरेस र ग्याब्रिएल जेसुसले गोल गरेका थिए । यो जितसँगै आर्सनलले २४ खेलबाट ५३ अंक बनाएको छ । आर्सनल अब दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा ७ अंकले अगाडि छ ।

लिड्स भने यो हारसँगै २६ अंकका साथ सोह्रौं स्थानमा छ ।

उता, लिभरपुलले न्यूक्यासललाई ४–१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको गृहमैदान एन्फील्डमा भएको खेलमा गोलको खाता भने न्यूक्यासलका एन्थोनी गोर्डनले ३६औं मिनेटमा खोलेका थिए ।

तर त्यसपछि लिभरपुलले लगातार आक्रामक शैली अपनाएर दबाब बनाएको थियो । यहीक्रममा ह्युगो एकिटिकेले ४१ र ४३ मिनेटमा लगातार दुई गोल गरे । फ्लोरिएन विर्जले ६७ तथा इब्राहिम कोनाटेले ९३औं मिनेटमा गोल गरेर टिमलाई सहज जित दिलाए ।

यो जितसँगै लिभरपुल २४ खेलबाट ३९ अंक सहित लिगको पाँचौं स्थानमा छ । विगत पाँच खेलमा लिभरपुलले तीन बराबरी, एक हार र एक जित निकालेर उतारचढावपूर्ण खेल प्रस्तुत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार