मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

भक्तपुरको सानोठिमीमा करातेको उत्सव, आठौँ राष्ट्रिय खुला प्रतियोगिता सम्पन्न

सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाल सोतोकान कराँते संघको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको आठौँ राष्ट्रिय खुला कराते प्रतियोगिता सकिएको छ।
सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा माघ १६ र १७ गते भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका-२, सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको कभर्ड हलमा सञ्चालन भएको थियो।

उक्त प्रतियोगिताको अध्यक्षत नेपाल सोतोकान कराते संघका अध्यक्ष हेमकुमार श्रेष्ठले गरेका थिए। दुई दिने प्रतियोगितामा काता र कुमुतेतर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा भएको थियो।

खेलमा कुल ४९ जिल्लाबाट पाँच सय खेलाडी छनोट गरी प्रतिस्पर्धा गरिएको थियो। कुमुतेको मिनी सब जुनियर (५-९ वर्ष) तर्फ १५ केजी, २० केजीमुनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा भएको थियो।

यसै उमेरसमूहमा गल्र्स र ब्वाइजको एकल कातामा पनि प्रतिस्पर्धा भएको हो। सब जुनियर (१०-१२ वर्ष उमेरसमूह) काता र कुमुेतमा पनि खेल हुने भएको हो भने यसै उमेरसमूहमा ब्वाइजमा खुलातर्फ कुमुते र एकल काता प्रतिस्पर्धा भएको हो।

क्याडेट (१३–१५ वर्ष) कुमुतेतर्फ गल्र्समा पाँच तौलसमूह र ब्वाइजमा आठ तौलसमूहमा खेल हुनुका साथै क्याडेटमा नै एकल काता (गल्र्स र ब्वाइज) र खुला कुमुतेमा प्रतिस्पर्धा भएको हो। जुनियर कुमुते (१६-१८ वर्ष)तर्फ पुरुषमा ६ तौलसमूह र महिलामा पाँच तौलसमूहमा प्रतिस्पर्धा गराइएको थियो।

यसै उमेरसमूहमा पुरुषतर्फ खुला कुमुते भएको आयोजकले जनाएको छ । सिनियर कुमुते (१९–४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। भेट्रान (४० वर्षमाथि)एकल काता र कुमुतेमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछन्।

महिला टिम खुला र पुरुष टिम कातामा खेल भएको पनि आयोजकले जनाएको छ। प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गरेका थिए । सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार