असार २४, २०८२ मंगलबार July 8, 2025

रुससँगको झडपपछी सिरियामा अमेरिकाले सैन्य शक्ति बढायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः संयुक्त राज्य अमेरिकाले सिरियामा सैन्य शक्ति बढाएको छ । रुससँगको झडपछि सिरियाको उत्तर–पूर्वी सीमानामा ६ वटा ब्राडली सवारीसाधन र १०० सिपाही तैनाथ गरिएको अमेरिकाले जनाएको छ । यस वर्ष अमेरिका र रुसका पेट्रोलिङ सैन्य टुकुडीबीच धेरैपटक झडपहरु भएका छन् ।

अमेरिकाले ‘सेन्टिनल राडार’ जडानसँगै लडाकु विमानको गस्ती पनि बढाएको अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनले बताएका हुन् । उनले आफ्नो वक्तव्यमा उनले भनेका छन्, ‘अमेरिका सिरियामा कुनै सेनासँग टकराव गर्न चाहँदैन, तर आवश्यक परेका खण्डमा गठबन्धनले सेनाको रक्षा गर्नेछ।’

अमेरिका र रुसबीच केही हप्तायतभा उत्तरपूर्वी सिरियामा तनाव बढिरहेको छ। अगस्टको अन्त्यमा रुसको एक गाडीसँगको टक्करमा सात अमेरिकी सैनिक घाइते भएका थिए । –बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया