असोज ११, २०८३ आइतबार September 27, 2026

जर्मन बुण्डेस लिग : बोरूसिया डर्टमण्डको सुखद् जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः जर्मन बुण्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा अर्लिङ हालाण्डले उत्कृष्ट प्रदर्शन गर्दा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३-० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै जियोभानी रेइनाले एक गोल गरे । खेलको ३५औं मिनेटमा जियोभानीको गोलबाट डर्टमण्डले अग्रता बनाएको थियो । ५४औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै डर्टमण्डको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ७७औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए । जितसँगै डर्टमण्डले सिजनको सुखद सुरुवात गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया