काठमाण्डाैंः शनिबारबाट शुरु भएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपरकिंग्सले विजयी सुरुवात गरेको छ । शनिबार राति सकिएको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नईले ४ बल खेल्न बाँकी छँदा ५ विकेटको क्षतिमा पार गर्यो । चेन्नईका लागि आम्बाती रायुदुले ४८ बलमा ७१ रन जोडे। यस्तै फाप डु प्लेसिसले नटआउट ५८ रनको योगदान दिए।
बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स पाटिनसन, जसप्रित बुमराह, राहुल चाहर र क्रुनाल पाण्ड्याले १-१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन जोड्यो। मुम्बईका लागि सौरभ तिवारीले सबैभन्दा बढी ४२ रन जोडे । क्वान्टन डे कक ३३ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।
बलिङमा चेन्नईका लुङ्गी एनगिडीले ३ विकेट लिए । यस्तै दीपक चाहर र रवीन्द्र जडेजाले २–२ विकेट लिए । आइपिएलमा आइतबार राति दिल्ली क्यापिटल्स र किंग्स ११ पञ्जावबीच खेल हुँदैछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया