काठमाण्डौं ।अन्तरिम सरकारले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी जारी गरेका तीनवटा अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत भएको छ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
गृहमन्त्री अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।
उक्त प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया