काठमाण्डाैंः चिकित्सा शिक्षामा भएको विकृतीको अन्त्य, गुणस्तरिय स्वास्थ्य, शिक्षा तथा सर्वसाधारणको पहुँचमा स्वास्थ्य उपचार लगायतको माग राखी पटक पटक अनसन बस्दै आएका छन् ।
प्रा.डा. गोविन्द के.सी. पुनः गत भाद्र २९ गते सोमवारबाट जुम्लाको चन्दननाथ न.पा. ६ रानिचौरको मन्दीरमा सरकारसँग यस अगाडी गरेको सम्झौता कार्यान्वयनका लागि १९ औँ पटकको आमरण अनसन बसेका छन् ।
अनसनको आज ७ औँ दिनसम्म पनि सत्याग्रहको माग तथा स्वास्थ्य समस्यालाई वेवास्था गरी के.सी. को जिवन रक्षाको लागि उदासिन रहेको सरकारको रबैयाप्रति यस सञ्जालको गम्भिर ध्यानाकर्षण भएको छ ।
डा. के.सी. ले आफ्नो आन्दोलनको शुरुवात देखीनै राखेका मागहरुमा सरकारले पटक पटक सहमति गर्ने तथा समितिको पालना नगर्ने काम चलिरहेकै छ। के.सी. ले राखेका मागहरु निजको व्यक्तिगत नभई देश र सर्वसाधारण जनता को हितमा भएको प्रष्ट हुँदाहुँदै पनि विभिन्न स्वार्थका कारण सरकारले आन्दोलन र मागलाई उपेक्षा गरी एक बृद्ध सत्याग्रहीको जीवन नै खतरामा पार्ने कार्य गरीरहेको छ जुन अमानवियता, लोकतान्त्रिक चरित्रको पराकाष्ठा हो ।
लोकतन्त्रमा सत्याग्रह र सोका माध्यमबाट दिइएको दवावलाई सकारात्मक रुपमा हेरिनुपर्नेमा सम्झौता कार्यान्वयनको लागि आन्दोलन नै गनुपर्ने वाध्यामक परिस्थितीको अन्त्य हुने गरी व्यक्तिको बाच्च्न पाउने अधिकारको रक्षा गर्दै डा. के.सी.का सम्पूर्ण मागहरु र यस अघिका सहमतिहरु तुरुन्तै कार्यान्वयन गरी ज़िबन रक्षा गर्न नेपाल सरकार तथा सरोकारवालाहरु सँग हार्दिक अपिल गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया