मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

टी-२० विश्वकपमा अमेरिकाको कडा चुनौती चिर्दै भारतको २९ रनको जित

सूर्यकुमार यादवको एक्लो संघर्षले भारतलाई जितको बाटोमा डोर्‍यायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्ठौं । आइसिसि टी–२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा विश्व च्याम्पियन भारतले कप्तान सूर्य कुमार यादव (८४ रन) को उत्कृष्ट ब्याटिङ प्रदर्शनको मद्दतले संयुक्तराज्य अमेरिकी टिमलाई २९ रनले हराएको छ ।

कसिलो बलिङ र फिल्डिङ गरेको अमेरिकी टिमले भारतमाथि दबाब राखे पनि अन्तत: भारतले जित निकालेर विश्वकप यात्रालाई सुखद बनाएको छ ।

भारतले जितका लागि १६२ रनको मध्यम लक्ष दिए पनि अमेरिकी टिमले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । स्कोरबोर्डमा १३ रन हुँदै तीन विकेट गुमाएको अमेरिकाले त्यसपछि केही सुदृढ ब्याटिङ गरे पनि त्यो पर्याप्त हुन सकेन ।

अमेरिकाका लागि मिलिन्द कुमारले ३४, संजय कृष्णमुर्थीले ३७ र शुभम रन्जनेले ३७ रन बनाएर केही चुनौती प्रस्तुत गरेका थिए । तर अन्य खेलाडी दोहोरो अंक पनि नबनाई पभेलियन फर्कन बाध्य भएका थिए ।

भारतका लागि मोहम्मद सिराजले ३, अर्सदिप सिंह र अक्षर पटेलले दुई दुई तथा वरुण चक्रवर्तीले एक विकेट लिए । समूह ए मा रहेको भारतले यो जितसँगै दुई अंक जोडेको छ ।

यसअघि, भारतले अमेरिकासामु जितका लागि १६२ रनको लक्ष प्रस्तुत गरेको थियो ।

समूह ए मा रहेको भारतले मुम्बईको वान्खडे रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

एक समय बोर्डमा ७७ रन हुँदा नै छ विकेट गुमाएको भारतले ११८ रन बनाउँदा सातौं तथा १४० रनमा आठौं विकेट गुमाएको थियो ।

तर भारतका लागि कप्तान सूर्य कुमार यादवले अविजित ८४ रन बनाएर टिमका लागि सम्मानजनक स्कोर खडा गरेका थिए । उनले ४ छक्का र १० चौका प्रहार गरेका थिए ।

भारतीय आक्रामक ब्याट्सम्यानहरु इशान किसनले २०, तिलक बर्माले २५ तथा अक्षर पटेलले १४ रन बनाए । तर अन्य ब्याटरहरु दोहोरो अंकमा रन समेत नबनाई पभेलियन फर्केका थिए ।

तुलनात्मक रुपमा कसिलो बलिङ र राम्रो फिल्डिङ गरेको अमेरिकाका लागि शाड्ले भान शाल्वीकले चार तथा हरमित सिंहले दुई विकेट लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार