काठमाडौंः देशभर आजबाट पाँचदिनसम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा हावाहुरी र चट्याङसहित अधिक वर्षाको सम्भावना समेत रहेको छ ।
हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालको मौसममा बदली भएको महाशाखाका मौसमविद वरुण पौडेलले जानकारी दिए ।
अहिले देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै रातिको समयमा पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, २ र बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मोसमविद पौडेलले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया