मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इङलिस प्रिमियर लिग : क्रिस्टल प्यालेसद्वारा ब्राइटन पराजित

आजै राति दुई महारथी टिम म्यान्चेस्टर सिटी र लिभरपुलबीच खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई १–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै क्रिस्टल प्यालेसले ३२ अंक सहित १३औं स्थानमा छ ।

ब्राइटन भने ३१ अंक सहित लिगको अंक तालिकामा १४औं स्थानमा छ ।

पछिल्ला पाँच खेलमा क्रिस्टल प्यालेस तीन खेलमा हार र दुईमा बराबरी गरेर दबाबमा थियो ।

अमेरिकन एक्सप्रेस स्टेडियममा भएको खेलमा ६३ प्रतिशत बल ब्राइटनले आफ्नो पक्षमा राखे पनि क्रिस्टल प्यालेसले ब्राइटनको पोस्टमा पटक पटक खतरनाक प्रहार गरेको थियो ।

प्यालेसका लागि स्माइला सारले ६१औं मिनेटमा गोल गरेका थिए ।

आजै राति दुई महारथी टिम म्यान्चेस्टर सिटी र लिभरपुलबीच खेल हुँदैछ । यो खेल १०.१५ बजे लिभरपुलको गृह मैदान एन्फील्डमा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार