काठमाण्डौंः प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका स्थानीय तहहरूले कोरोना महामारीको कारण देखाउँदै करोडौं रकम हिनामिना गरेको भन्दै तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ ।
विद्रोही नेकपाका झापा जिल्ला सेक्रेटरी श्रीजङ्गले विज्ञप्ति जारी गर्दै तीन दिनभित्र कोरोना उपचार तथा व्यवस्थापनमा भएको खर्च विवरण सबै स्थानीय तहमार्फत सार्वजनिक गर्न आदेश दिएका हुन् ।
त्यस्तै झापाका विभिन्न स्थानीय तहका निजी तथा सामुदायिक शिक्षण संस्थाहरूले तत्काल शुल्क तिर्न भनेर अभिभावकहरूलाई ताकेता गरिरहेको जानकारी प्राप्त भएको भन्दै उक्त कार्य तुरुन्तै बन्द गर्नसमेत उनले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।
आइतबार साँझ जारी गरिएको विज्ञप्तिमा बैङ्क तथा लघुवित्तहरूले मध्यमवर्गीय गुजारामुखी व्यवसायीहरूलाई किस्ता र ब्याजको ताकेता गरेर चर्को समस्या पैदा गरेको हुनाले उक्त काम तुरुन्तै बन्द गर्नसमेत आग्रह गर्दै अटेर गरे पार्टीको नेतृत्वमा जनताले कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला कथित कम्युनिस्ट पार्टीको माफिया सरकार राष्ट्र र जनताको जीवनलाई सङ्कटको आगोमा हालेर छट्पटाहट थोपरिरहेको छ । घरघरमा सरकारको प्रत्याभूति गराउँछौँ भन्नेहरूको लुटखसोट र बेइमानीले प्रताडित जनता वाक्कदिक्क छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया