मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कैदीबन्दीको स्वास्थ्य अधिकारबारे आयोगले थाल्यो देशव्यापी अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ महामारीमा कैदीबन्दीको स्वास्थ्य अधिकारका सम्बन्धमा देशव्यापी अनुगमन शुरू गरेको छ। आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोली अनुगमनका लागि प्रस्थान गरेको आयोगले जनाएको छ।

आयोगबाट खटिएको टोलीले ५ भदौदेखि २५ सम्म सातै प्रदेशका विभिन्न जिल्लाको कारागार अनुगमन गर्नेछ। टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतहरु सहभागी रहने छन्।

कारागारमा रहेका कैदी बन्दीहरुको आधारभूत अधिकारसहित बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील हुन आयोगले नेपाल सरकार लगायत सम्बद्घ निकायको ध्यानाकर्षण गराउँदै आएको छ।

सर्वाेच्च अदालतबाट कोभिड–१९ को महामारीलाई लक्षित गर्दै १७ वैशाख २०७७ गते फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा २२, २४ २५, २६, २७, २८, २९, ३०, ३१ र ४९ को व्यवस्था कार्यान्वयनमा ल्याउन अन्तरिम आदेश जारी गरेको थियो।

कारागारहरुको व्यवस्थामा सुधार गर्ने प्रयोजनका लागि ऐन बमोजिम नेपाल राजपत्रमा ७ दिनभित्र सूचना प्रकाशित गरी उल्लेखित व्यवस्था कार्यान्वयनको प्रकृया प्रारम्भ गर्न, सोही ऐनको दफा ३७ तथा कारागार नियमावली २०२० को नियम २९ बमोजिम कैद सजाय छुट हुन सक्ने व्यवस्थालाई विना भेदभाव कार्यान्वयन गर्न भएको आदेशको कार्यान्वयन गर्नसमेत आयोगले आग्रह गरेको छ।

कैदीबन्दीको स्वास्थ्य लगायत समग्र मानव अधिकार अवस्थाको सम्बन्धमा आयोगको बागमती प्रदेश कार्यालयबाट कारागार व्यवस्थापन विभागलाई पत्राचार गरिएको छ।

आयोगको अनुगमन टोलीलाई आवश्यक सहयोग पुर्याई मानव अधिकारको सम्मान र संरक्षणमा सहयोग गरिदिनुहुन सबै पक्षलाई आग्रह पनि गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै जाँदा देशैभरका कारागारहरुमा रहेका कैदीबन्दी पनि उच्च जोखिममा परिरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार