मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

हारको मुखबाट फर्कियो म्यान्चेस्टर युनाइटेड, वेस्टह्यामसँग अंक बाँडफाँड

म्यान्चेस्टर युनाइटेड र वेस्टह्यामले बराबरी खेले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र वेस्टह्याम बिचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

लन्डन स्टेडियममा भएको यस खेलमा हार नजिक पुगेको म्यान्चेस्टरका लागि दोस्रो हाफको इन्जुरी समयमा बेन्जामिन सेस्कोले गोल गरेर युनाइटेडलाई हारबाट जोगाएका थिए । डिबक्स बाहिरबाट ब्रायन बुमोले दिएको पासलाई सेस्कोले सुन्दर ढंगबाट गोल गरेका थिए ।

युनाइटेडले पूरै खेल अवधिमा वेस्टह्याम बिरुद्ध निरन्तर आक्रमण गरे पनि वेस्टह्यामले पहिलो गोल गरेको थियो । वेस्टह्यामका लागि ५०औं मिनेटमा टोमस साउसेकले गोल गरेका थिए । यही बिच युनाइटेडका कासेमिरोले हेडर मार्फत गरेको गोल अफसाइड भएको थियो ।

विगत पाँच खेलमा चारमा विजयी रहेको युनाइटेड पाँचौं खेलमा बराबरीमा रोकियो । अंक तालिकामा युनाइटेड ४५ अंक सहित चौथो स्थानमा छ । यसअघिका खेलहरूमा म्यान्चेस्टर सिटी, अार्सनल, फुलह्याम र टोटेनह्यामलाइ हराएर उच्च मनोबलका साथ मैदानमा उत्रेको युनाइटेडले उत्कृष्ट खेल खेले पनि वेस्टह्यामसँग बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

वेस्टह्याम भने २४ अंक सहित रेलिगेसन क्षेत्रमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार