कार्तिक २२, २०८३ आइतबार November 8, 2026

पीएचडी गरेको भन्दै झुटो विवरण पेश गर्ने त्रिवि सह परीक्षा नियन्त्रक प्रसाईँलाई ६ महिनाको जेल सजाय

विद्यावारिधि गरिसकेको भनी ढाँटेर नियुक्ति लिएका त्रिविका सह-परीक्षा नियन्त्रकलाई ६ महिना जेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरिसकेको भन्दै झुटो विवरण पेश गरी नियुक्ति लिएका त्रिभुवन विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डिल्लीराज प्रसाईँलाई विशेष अदालत काठमाडौंले ६ महिनाको जेल सजाय सुनाएको छ ।

विशेष अदालतका अनुसार प्रसाईँले २०८१ मंसिर १८ गते सह परीक्षा नियन्त्रक पदमा नियुक्ति लिँदा आफूले विद्यावारिधि उपाधि हासिल गरिसकेको भनी दाबी गरेका थिए। तर, अदालतको फैसलामा उल्लेख भएअनुसार उक्त मितिसम्म उनले पीएचडी उपाधि प्राप्त गरेका थिएनन्।

अदालतले त्रिभुवन विश्वविद्यालयको अनुसन्धान समितिले २०८१ माघ २९ गते गरेको निर्णयलाई आधार मानेको छ, जसअनुसार प्रसाईँले नियुक्ति पाइसकेपछि मात्र विद्यावारिधि उपाधि प्राप्त गरेको पुष्टि भएको थियो।

झुटो शैक्षिक विवरण पेश गरी सार्वजनिक पदमा नियुक्ति लिएको ठहर गर्दै विशेष अदालतले उनलाई ६ महिनाको कैद सजाय सुनाएको हो। अदालतको निर्णयसँगै सार्वजनिक निकायमा नियुक्तिका क्रममा शैक्षिक प्रमाणपत्रको सत्यता र पारदर्शितामाथि पुनः प्रश्न उठेको छ।

यस घटनाले सार्वजनिक पदमा नियुक्ति प्रक्रियामा कडाइ र प्रमाणिकरण प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया