मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रिमियर लिगमा सिटी दोस्रो स्थानमा बलियो, लिभरपुल छैटौंमा उक्लियो

लगातार २ खेल हारेको सन्डरल्यान्ड भने ३६ अंक सहित लिगको एघारौं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । इङलिस प्रिमियर लिगमा आज मध्यराति भएका खेलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

म्यान्चेस्टरको गृह मैदान एतिहाद रङ्गशालामा भएको खेलमा म्यान्चेस्टरले फुलह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । दुबै टिमबाट एकअर्काका गोलपोस्टमा निकै राम्रा प्रहार गरे पनि अन्तत: सिटी नै विजयी भयो ।

सिटीका लागि एन्टोन सेमेन्यो, निको ओ–राइली र एर्लिङ हालान्डले गोल गरेका थिए ।

यो जितसँगै सिटीले २६ खेलबाट लिगमा ५३ अंक सहित दोस्रो स्थानलाई सुरक्षित र थप बलियो बनाएको छ । यद्यपी २५ खेल खेलेको आर्सनल भन्दा सिटी अब ३ अंकले मात्र मुनि छ ।

उता, लिभरपुलले भने सन्डरल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेर प्रिमियर लिगमा छैटौं स्थानमा उक्लेको छ । लिभरपुलका लागि एक मात्र गोल भर्जिल भान जिकले गरेका थिए ।

लगातार २ खेल हारेको सन्डरल्यान्ड भने ३६ अंक सहित लिगको एघारौं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार